|  

गजुरीमा सयपत्रि फूलको व्यवसायीक खेती, स्वरोजगार बन्ने युवाहरुको लक्ष्य

२२ कार्तिक २०८०, बुधबार २०:१४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङको गजुरी गाउँपालिका वडा नं. ३ को बोक्ताकमा युवाहरुले सामुहिक फूल खेती गरेका छन् । करिव १५ रोपनी क्षेत्रफलको जग्गामा सयपत्रि कर्मा ५५५ प्रजातीको फूल खेति गरेका हुन् । युवा व्यवसायी नकुल थापा ‘करुण’को नेतृत्वमा ४ जना युवा पुष्प व्यवसायीले सामुहिक खेती गरेका हुन् । भुमेकाली पशुपञ्छी तथा कृषि फर्मद्धारा सामुहिक पुष्प व्यवसाय गरेको व्यवसायी थापाले जानकारी दिनुभयो ।
पुष्प व्यवसायी थापाले काठमाण्डौं सहित पोखरा, चितवन र बुटवलमा करिव रु पन्ध्र लाख बराबरको सयपत्री फूल निर्यात गर्ने जानकारी दिनुभयो ।‘ बेरोजगारीको कारण दैनिक हजारौं युवा विदेशीनु परेको छ, नेपालमै बसेर परम्परागत खेतीलाई आधुनिक तरिकाले व्यवसायीक बनाउँदै, स्वरोजगार बन्न व्यासायिक फूलखेती सुरु गरेको बताउनुभयो ।’ उहाँले आफुले उत्पादन गरेको फूलले बजारको माग पूरा गर्न नसक्ने बताउनु भयो । धादिङमा कृषक फूलखेतीतर्फ आकर्षित नभएकाले बजारीकरणमा समस्या नभएको दाबी गर्नुभयो । उहाँल धादिङमा सयपत्री फूल राम्रो उत्पादन हुने भन्दै हब नै बनाएर अन्यन्त्र जिल्लामा निर्यात गर्न सकिने जानकारी दिनुभयो ।

मंगलवार गजुरी गाउँपालिकाका अध्यक्ष लगायतको युवाहरुको सामुहिक फूल खेतिको अवलोकन गरेका छन् । जिल्लामै नमुनाको रुपमा रहेको फूल खेतीलाई प्रोत्साहन गर्न गाउँपालिकाले सहयोग गर्ने गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले बताउनु भयो । गजुरी गाउँपालिकाका अध्यक्ष श्रेष्ठ सहित उपाध्यक्ष शर्मिला विसुराल, वडा नं. १ का वडाध्यक्ष तारानाथ भण्डारी, वडा नं. २ का वडाध्यक्ष द्रोण कँडेल, वडा नं. ३ का वडाध्यक्ष ऋषिलाल श्रेष्ठ, लगायतका जनप्रतिनीधिले अवलोकन गरेका हुन् ।

सिजनको वेला करोडौंको फूल छिमेकी मुलुक भारतबाट आयात हुँदा नेपाली व्यवसायीहरु वर्षेनी मार खेप्दै आई रहेका छन ।
गजुरीमा भएको सयपत्रीको फूलबारीमा सर्वसाधारण फोटो खिच्न र टिकटक बनाउनसमेत पुग्ने गरेका छन् ।

२२ कार्तिक २०८०, बुधबार २०:१४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस