|  

महिला टी–२० प्रतियोगिताअन्तर्गतको पहिलो खेल नेपालले तान्जानियासँग खेल्ने

२३ कार्तिक २०८०, बिहीबार १२:२५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


 

काठमाण्डौँ । हङकङमा हुने चार देश सम्मिलित महिला टी–२० प्रतियोगिताअन्तर्गतको पहिलो खेल नेपालले तान्जानियासँग खेल्ने भएको छ ।

नेपालले तान्जानियासँग आउँदो २९ गते खेल्नेछ । यस्तै,दोस्रो खेलमा ३० गते हङकङसँग खेल्नेछ भने तेस्रो खेल मंसिर २ गते जापानसँग खेल्नेछ ।

फाइनल खेल मंसिर ३ गते हुनेछ । प्रतियोगितामा हङकङसहित नेपाल,तान्जानिया र जापानले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता आउँदो २९ देखि मंसिर ३ गतेसम्म हुनेछ ।

२३ कार्तिक २०८०, बिहीबार १२:२५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस