|  

जाजरकोट भूकम्प पीडितलाई सङ्घीय सरकारका सबै मन्त्रीहरुले एक महिनाको तलब दिने

२३ कार्तिक २०८०, बिहीबार १४:२१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । सङ्घीय सरकारका सबै मन्त्रीहरुले एक महिनाको तलब जाजरकोट भूकम्प पीडितलाई दिने भएका छन् । मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीसहित मन्त्रीहरूले आफ्नो एक महिनाको पारिश्रमिक बराबरको रकम सरकारी राहत कोषमार्फत् जाजरकोट भूकम्पबाट पीडितहरूलाई उपलब्ध गराउने निर्णय गरेका हुन् । यो रकम राहत कोषमा जम्मा गर्ने र त्यहीँबाटै पीडितसम्म पुग्नेछ ।

गएको शुक्रवार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिममा १ सय ५३ जनाको ज्यान गएको छ । ६२ हजार भन्दा धेरै घर भत्किएका छन् ।

२३ कार्तिक २०८०, बिहीबार १४:२१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस