|  

तिहारमा डिजिटल कारोबार गर्दा ग्लोबल आईएमई बैंकका ग्राहकले क्यासब्याक पाउने

२४ कार्तिक २०८०, शुक्रबार १२:३१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । ग्लोबल आईएमई बैंक लिमिटेडका ग्राहकहरुले यस वर्षको तिहारमा विभिन्न डिजिटल कारोबारमार्फत सामान किन्दा निश्चित क्यासब्याक पाउने भएका छन् ।

बैंकका डेबिट वा क्रेडिट कार्डवाहक ग्राहकहरुले नेपालभरका पस पी‌ओएस मेसिनमा एक हजार रुपैयाँ वा त्यसभन्दा बढीको कम्तीमा ३ वटा कारोबारमा तीन सय रुपैयाँ अथवा ५ वटा कारोबारमा पाँच सय रुपैयाँ क्यासब्याक पाउनेछन् । पीओएस मेसिनमार्फतको कारोबारमा क्यासब्याक पाउने समयावधि भोलि कागतिहारदेखि कार्तिक २९ भाइटीकासम्म रहेको छ ।

बैंकको मोबाइल बैंकिङ्ग एप–ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ता ग्राहकहरुले कागतिहारदेखि भाइटीकासम्म बेलुका ५ बजेदेखि ८ बजेसम्म क्यूआरमार्फत प्रोमो कोड “त्क्ष्ज्ब्च्” लेखेर भुक्तानी गर्दा खरिदको १० प्रतिशत वा ३ रुपैयाँसम्म क्यासब्याक पाउनेछन् ।

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समयसान्दर्भिक क्यासब्याक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्वित गर्दै आएको छ ।

 

२४ कार्तिक २०८०, शुक्रबार १२:३१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस