|  

प्रधानमन्त्री प्रचण्ड: गर्भवती,सुत्केरी र ज्येष्ठ नागरिकलाई राहत वितरणमा प्राथमिकता

२४ कार्तिक २०८०, शुक्रबार १३:०९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला,बालबालिका,ज्येष्ठ नागरिकका साथै सुत्केरी र गर्भवतीलाई राहत वितरणमा प्राथमिकता दिएको बताउनुभएको छ ।

रोल्पा जिल्ला अस्पताल र थबाङको मोटरेबल पुल उद्घाटनका लागि नेपालगञ्जबाट रोल्पा प्रस्थान गर्ने क्रममा पत्रकारसँग कुरा प्रधानमन्त्री प्रचण्डले सरकारले भूकम्पपीडितका लागि राहत वितरणमा कुनै कसर बाँकी नराखेको समेत बताउनुभयो ।

ुराहत व्यवस्थापनका लागि सरकारले पहिलो प्राथमिकतामा महिला, बालबालिका,ज्येष्ठ नागरिकका साथै सुत्केरी र गर्भवतीलाई प्राथमिकतामा राखेको छु, उहाँले भन्नुभयो,राहत वितरण प्राथमिकताका आधारमा भइरहेको छ ।

२४ कार्तिक २०८०, शुक्रबार १३:०९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस