|  

भाइटीकाको दिन बाहेक अध्यागमन विभागको सेवा नरोकिने

२६ कार्तिक २०८०, आईतवार १४:०८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं । यस वर्ष २८ कात्तिक १५ नोभेम्बरका दिन परेको भाइटीकाबाहेक अन्य दिन अध्यागमन विभागको सेवा सुचारु रहने भएको छ ।

विभागका अनुसार तिहार बिदाका अन्य दिनमा भने विभागको पर्यटक भिसा शाखा र एजेन्सी शाखा खुला रहने भएको छ ।

सार्वजनिक बिदामा भाइटीकाको दिन बाहेक अन्य दिन बिहान ११ बजेदेखि १ बजेसम्म सेवा सुचारु रहने विभागले जानकारी गराएको छ ।

अहिले पर्यटक आगमन बढी हुने मौसम हो । पदयात्रा र पर्वतारोहणका लागि यस मौसममा बढी पर्यटक आउने गर्छन् ।

२६ कार्तिक २०८०, आईतवार १४:०८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस