|  

नाइजेरियामा डुङ्गा दुर्घटना, आठ जनाको मृत्यु

२८ कार्तिक २०८०, मंगलवार ०७:३९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ । नाइजेरियाको उत्तरी राज्य ताराबाबाट यात्रु बोकेको एउटा डुङ्गा छिमेकी राज्य बेनुमा नजिक पल्टिँदा कम्तीमा आठ जनाको मृत्यु छ ।

स्थानीय अधिकारीले सोमबार जानकारी गराएअनुसार घटना आइतबार साँझ भएको हो । व्यापारीहरू चढेको डुङ्गा बेनुको बजारतर्फ जाँदै डुङ्गा अचानक पल्टिएको ताराबा राज्यका स्थानीय अधिकारी इसा मोहम्मदले सिन्ह्वालाई फोनमार्फत जानकारी गराए । घाइतेको संख्या भने, यकिन भएको छैन ।

ताराबा राज्यका गभर्नर अग्बु केफासले पीडितहरूप्रति शोक व्यक्त गर्दै विज्ञप्ति जारी गर्दै तुरुन्तै छानबिन गर्न आदेश दिएका छन् । यात्रुको अत्यधिक चाप, प्रतिकूल मौसमी अवस्था, र परिचालनमा त्रुटि लगायत कारण पश्चिम अफ्रिकी देशमा डुङ्गा दुर्घटना भइरहन्छन् । एजेन्सी

२८ कार्तिक २०८०, मंगलवार ०७:३९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस