|  

काश्मिरमा बस दुर्घटना, ३६ जनाको मृत्यु

३० कार्तिक २०८०, बिहीबार ०७:५५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । भारत नियन्त्रित काश्मिरमा बुधबार यात्रु वाहाक बस दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १९ जना घाइते भएका छन् । बस पहाडी सडकबाट चिप्लिएर गहिरो खाडलमा खस्दा सो दुर्घटना भएको बताइएको छ ।

किश्तवाडबाट जम्मू जाँदै गरेको बस डोडा जिल्लाको असर क्षेत्रको त्रुङ्गल नजिक सडकबाट करिब २५० मिटर तल खसेको छ ।

३० कार्तिक २०८०, बिहीबार ०७:५५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस