यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । जाजरकोटमा थप तीनजना भूकम्पपीडितको चिसोका कारण मृत्यु भएको छ ।
यसअघि शुक्रबार र त्यसअघि गरेर चारजनाको मृत्यु भइसकेकामा फेरि आज थप तीनजनाको मृत्यु भएको हो । हालसम्म चिसोकै कारण सातजनाको मृत्यु भइसकेको छ ।
आज मृत्यु हुनेमा जुनीचाँदे गाउँपालिका–४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, बारेकोट गाउँपालिका–१ रामीडाँडाका ७० वर्षीय डुमे पुन र छेडागाड नगरपालिका–१३ थानवाडाकी ५६ वर्षीया मनसरी कामी रहेका छन् ।
भूकम्पले घर भत्काएपछि उनीहरू त्रिपालमुनि बस्दै आएका थिए । चिसोका कारण वृद्ववृद्वामा दमको समस्या देखिएको छ ।