|  

हिमालयन रिको आईपीओ भोलीदेखि खुल्दै

३ मंसिर २०८०, आईतवार १४:३५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ । हिमालयन रिइन्स्योरेन्स कम्पनीको आईपीओमा मंसिर ४ देखि आवेदन दिन पाइने भएको छ । कात्तिक २१ गतेदेखि आवेदन खुला हुने भनिएको आईपीओ मंसिर ४ गतेसम्मका लागि धकेलिएको थियो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आवेदन खुला हुने भनिएकामा कम्पनीले तिहार बिदा परेको कारण देखाइ आवेदन अवधि पछि सारेको थियो ।

हिमालयन रिले आफ्नो जारी पुँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता आईपीओ निष्कासन गर्दै छ । जसमध्ये १० प्रतिशत अर्थात् ३० लाख कित्ता वैदेशिक रोजगारीमा जानेका लागि सुरक्षित गरिएको छ । पहिलो चरण अब मंसिर ४ गतेदेखि वैदेशिक रोजगारीमा जानेले आईपीओ भर्न पाउनेछन् ।

 

३ मंसिर २०८०, आईतवार १४:३५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस