|  

रुकुम पश्चिममा जीप दुर्घटना परि गम्भीर घाइते दुई जनाको मृत्यु

४ मंसिर २०८०, सोमबार १४:३२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । रुकुम पश्चिममा जीप दुर्घनामा परि गम्भीर घाइते भएका दुई जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा चौरजहारी नगरपालिका–१३ का ४५ वर्षीय मस्तबहादुर ओली र सानीभेरी गाउँपालिका–२ का सात वर्षीय बालक प्रतिक बुढा रहेका छन् ।

बालकको उपचारका लागि एम्बुलेन्समार्फत सुर्खेत लैजाँदै गर्दा सल्यान जिल्लाको नेटा भन्ने ठाउँमा र ओलीको चौरजहरी अस्पतालमै ज्यान गएको हो ।

चौरजहारी नगरपालिका वडा नम्बर १० खोला गाउँबाट जिल्ला सदरमुकाम मुसिकोटका लागि छुटेको लु १ ज २२९७ नम्बरको जीप दुर्घटना हुँदा २३ जना घाइते भएका हुन् ।

घाइते अन्य पाँच जनाको पनि अवस्था गम्भीर रहेकाले गृहमन्त्रालयमा समन्वय गरी हेलिकप्टरमार्फत चौरजहारी अस्पतालबाट अन्यत्र लैजान लागेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले जानकारी दिनुभयो ।

४ मंसिर २०८०, सोमबार १४:३२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस