|  

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

५ मंसिर २०८०, मंगलवार १२:४३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य तोलामा पाँच सय रुपौयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख १६ हजार २०० रुपैयाँ कायम भएको छ ।
यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख १५ हजार ६५० रुपैयाँ निर्धारण भएको छ । सोमबार पनि सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो। सोमबार छापावाल सुनको भाउ १ लाख १५ हजार ७०० रुपैयाँ कायम भएको थियो ।
यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १५ हजार १५० रुपैयाँ निर्धारण भएको थियो। मंगलबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १४ सय ५५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १४ सय ५० रुपैयाँ कायम रहेको थियो ।

५ मंसिर २०८०, मंगलवार १२:४३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस