यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र पधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।
राष्ट्रपति पौडेलसँग भेटवार्ताका लागि प्रधानमन्त्री प्रचण्ड बुधबार बिहान शितलनिवास पुगेका थिए ।
भेटमा राष्ट्रपति पौडेलले भूकम्प प्रभावित जिल्लाहरूमा राहत तथा पुर्नस्थापनाको कार्यलाई थप प्रभावकारी बनाउन ध्यानाकर्षण गराएका थिए ।
राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच मुलुकको समसामयिक राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल भएको थियो ।