यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । सगरमाथा क्षेत्र भ्रमणमा आएका एक जर्मन पुरुष नागरिक झण्डै दुई महिनादेखि बेपत्ता हुनुभएको छ । सोलुखुम्बुको खुम्बु क्षेत्र भ्रमणमा आउनु भएका डा साखर गएको गत असोज १७ गतेदेखि बेपत्ता हुनुभएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार असोज १७ गते एक्लै काठमाण्डौबाट जहाजमार्फत् लुक्ला ओर्लिएका ७६ वर्षीय गम त्यहाँबाट गोक्यो क्षेत्रतर्फ लाग्नु भएको थियो । उहाँ लुक्ला र जोरसल्ले चेकपोष्टमा भित्रिएको देखिएको प्रहरी निरीक्षक मिश्रले बताउनुभयो ।
गोक्यो क्षेत्र पुगेका गमले त्यहाँबाट परिवारलाई समेत तस्बिर खिचेर पठाएको दूतावासले जनाएको छ । बेपत्ताको खोजी भइरहे पनि अहिलेसम्म अवस्था पत्ता लाग्न नसकेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।