|  

सम्पती जति महिलाको नाममा राख्ने नयाँ अभियान चलाउनुस – मन्त्री जम्कट्टेल

११ श्रावण २०७६, शनिबार २१:२५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


लोक बहादुर गुरुङ (कमल)
११ साउन , चितवन । प्रदेशनं ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कटेलले अब सम्पत्ति जति महिलाको नाममा राख्ने नयाँ अभियान चलाउन पर्ने बताए ।
उद्यमशील महिला जागरण केन्द्र प्रथम साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि आन्तरिक मामिला तथा कानुन मन्त्री जम्कट्टेलले महिलाहरुले सोच बदलि लक्ष्य किटान गरेर नया अभियान शुरु गर्नु पर्ने बताए । महिलाहरुको धेरै विभेद अन्त भएको भन्दै अब महिलाहरुले सम्पत्तिको अधिकार मात्र खोसिएको बताए । ब्यबस्थापकिय हिसाबले महिलाहरू अब्बल रहेको र चेताना र सहभागीको हिसाबले सब भन्दा अगाडि आएको समुदाय भनेको महिलानै रहेको बताए ।
महिलाको समस्य पनि बर्गिय समस्य भन्दै हुने खाने महिलाको समस्या फरक रहेको बताए । व्यवस्था फेरिए पनि पुरानै तरिकाले व्यवस्था चलिरहेकोले राजनीतिक नेतृत्व बलियो बनाउन नयाँ नारा लगाउनु पर्ने बेला अएको बताए राजनीतिक नेतृत्व बलियो नभएकोले दुई तिहाइ मत हुदा पनि सरकारले गरेको राम्रा राम्रा कामहरुको परिणाम ननिस्केकोले अब राजनीतिक नेतृत्व बलियो बनाउनको लागि आम जन समुदायलाई अपील गरेर मात्र हामीले चाहे जस्तो बिकास र समृद्धि हुने बताउनुभयो ।
अप्सरा पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश संसद घनश्याम दाहाल जिल्ला समन्वय समितिका अध्यक्ष कृष्ण कुमार डल्लाकोटी नेकपा प्रदेश सदस्य संगिता भट्टराई ,प्रताप गुरुङ मौसम लगायत नेकपाका जिल्ला सदस्यहरुको आतिथ्यता रहेको थियो ।

११ श्रावण २०७६, शनिबार २१:२५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस