यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
गजुरी । धादिङ गजुरी गाउँपालिका वडा नम्बर १ गजुरी बजारमा रहेको आदर्श बहुमुखि क्याम्पसको १७औँ क्याम्पससभा सम्पन्न भएको छ । नेकपा एकिकृत समाजवादीका अध्यक्ष तथा बागमती प्रदेशका पुर्व मुख्ययमन्त्री समेत रहेका राजेन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम सञ्चालन भएको हो । कार्यक्रममा धादिङकै दोस्रो आदर्श बहुमुखि क्याम्पसमा भएका सकारात्मक पक्षलाई आत्मसात गर्दै आगामी दिनमा सुधार तथा बिस्तार गर्नुपर्ने कुरामा पनि जोड दिँदै छलफल भएको थियो ।
बिद्यालयमा अहिले सर्बसुलभ शिक्षा, अनुसन्धानमुखि र गुणस्तरिय शिक्षा प्रदान भईरहेको क्यापस अध्यक्ष समेत रहेका राजेन्द्र प्रसाद पाण्डेले बताउनुभयो ।
कार्यक्रममा अरु बिद्यालयभन्दा यस क्याम्पसलाई कसरी उच्च गुणस्तरको बनाउन सकिन्छ भनेर समेत छलफल भएको आदर्श बहुमुखि क्याम्पसका स्वबियु सभापति गणेश पाण्डेले जानकारी दिनुभयो । कार्यक्रममा बिभिन्न शिर्षकमा भएका आम्दानी तथा खर्च विवरण तथा वासलात समेत प्रस्तुत गरिएको थियो ।