यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
गजुरी । धादिङ प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गर्ने गरिएको छ ।
गजुरी गाउँपालिका अन्तर्गत महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाले ूलैङ्गिक हिंसा अन्त्यको सुनिश्चिततास्महिला र बालबालिकामा लगानीको एकेबद्दताूभन्ने मुल नाराका साथ मंसिर ०९ देखि असोज २४ गतेसम्म १६ दिन विभिन्न सचेतता मुलुक कार्यक्रम गरि मनाइने छ ।
शनिबार देखि सुरु भएको कार्यक्रममा गजुरी गाउँपालिकाका उपाध्यक्ष शर्मिला विशुरालको ज्यूको संयोजकत्व र अध्यक्ष ज्यूको प्रमुख आतिथ्यतामा कार्यक्रम उद्द्घाटन गर्नु भएको गजुरी गाउँपालिका अन्तर्गत महिला तथा जेष्ठ नागरिक शाखाका प्रमुख सरस्वती सिलवाल बागमती दैनिकलाई जानकारी दिनुभयो ।
सन् १९६० मा डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन जना दिदीबहिनीलाई तत्कालीन त्रुजिलो तानाशाही सरकारले निर्मम हत्या गरेको थियो । उक्त हत्यालाई लिङ्गका आधारमा हुने राजनीतिक हिंसाको रूपमा लिने गरिन्छ । एकै परिवारका तीन जना दिदीबहिनी पेट्रिया, मिनर्भा र मारियाको हत्यालाई महिलाविरुद्धको हिंसाको रूपमा लिएर उनीहरूको सम्मान र सम्झनाका लागि १६ दिने अभियान मनाउन थालिएको समेत गजुरी गाउँपालिका अन्तर्गत महिला तथा जेष्ठ नागरिक शाखाका प्रमुख सरस्वती सिलवालले जानकारी दिईन् ।
दैनिक रूपमा महिलामाथि हिंसा भइरहेकोले यसको अन्त्यका लागि सबै एक भएर लाग्नु पर्नेमा उनले जोड दिइन् । हिँसामा परेका महिलालाई नजिकैको प्रहरी, राष्ट्रिय महिला आयोग वा मानव अधिकार संस्थाहरूमा उजुरी दिएर न्याय प्राप्तिको लागि आवश्यक सहयोग माग्न अभियानमार्फत आह्वान गरिएको समेत कार्यक्रम बताउनु भएको छ ।