|  

नेपाल प्रहरीका २६ जना सम्पर्कविहीन, प्रहरी प्रधान कार्यालयले जारी गर्‍यो सूचना

१० मंसिर २०८०, आईतवार १०:१३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । लामो समयदेखि सम्पर्कमा नआएका प्रहरीको विभिन्न पदमा कार्यरत २६ जना प्रहरीको नाममा प्रहरी प्रधान कार्यालयले हाजिर हुन सूचना निकालेको छ ।

प्रहरीको प्रधान कार्यालयले आज निकालेको सूचनामा विभिन्न पदमा कार्यरत रही सम्पर्कविहीन भएका २६ जना प्रहरीलाई ७ दिनभित्र हाजिर हुन भनिएको छ ।

आफूखुसी कार्यालयमा गैरहाजिर रहेका उनीहरुलाई प्रहरी प्रधान कार्यालयले खोजी गरेको हो । पहिलो पटक सूचना जारी गर्दा हाजिर नभएपछि प्रहरी प्रधान कार्यालयले सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुनेबारेको सार्वजनिक सूचना निकालेको हो ।

बाटोको म्यादबाहेक ७ दिनभित्र स्पष्टीकरणसहित हाजिर नभएमा सेवाबाट हटाउने सूचनामा उल्लेख छ ।

१० मंसिर २०८०, आईतवार १०:१३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस