|  

सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढ्यो

१० मंसिर २०८०, आईतवार ११:५३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । सुनको भाउ आज ६ सय रुपैयाँले बढेको छ ।

तोलामा आज सुन १ लाख १६ हजार ९ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको भाउ तोलामा १ लाख १६ हजार ३ सय रुपैयाँ थियो ।

गएको कात्तिक १२ गते सुनको भाउ बढेर अहिलेसम्मकै महँगो भएको थियो । त्यतिबेला सुन तोलामा १ लाख १७ हजार रुपैयाँमा पुगेको थियो ।

यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । तोलामा ३५ रुपैयाँले बढेर आज १ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

१० मंसिर २०८०, आईतवार ११:५३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस