|  

श्रीमान् श्रीमतीको झगडामा श्रीमानको मृत्यु

११ मंसिर २०८०, सोमबार ११:३६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । दैलेखको नौमूले गाउँपालिका–४ मा श्रीमान् श्रीमतीबीच झगडा हुँदा श्रीमानको ज्यान गएको छ । कालिका गाउँका ३८ वर्षीय भीमबहादुरको ज्यान गएको हो ।

प्रहरीका अनुसार गएराति भीमबहादुर र श्रीमती ३५ वर्षीया सीता योगीबीच झगडा भएको थियो ।

श्रीमान् भीमबहादुरले पहिला पिटेपछि सीताले पनि श्रीमानलाई पन्यूँ र दाउराले प्रहार गरेकी उनीहरुका छोराछोरीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्जार्ज प्रहरी नायब उपरीक्षक ९डीएसपी० किशोर लम्सालले जानकारी दिनुभयो ।

सीतालाई प्रहरीले पक्राउ गरेको छ । सचेतनाको कमी र जाँडरक्सीको सेवनले नौमूलेमा हिंसात्मक घटना हुने गरेका छन् ।

 

११ मंसिर २०८०, सोमबार ११:३६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस