|  

गजुरीको उज्यालो गाउँमा आगोलागि पीडितलाई पालिकाको अत्यावश्यक सामान सहयोग

१४ मंसिर २०८०, बिहीबार ०७:४१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरीको उज्यालो गाउँमा आगोलागि पीडितलाई पालिकाको अत्यावश्यक सामान सहयोग गरेको छ । गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले अतिआवश्यक सामाग्री खाद्यान्न, लत्ताकपडा र अस्थायी बसाेबासका लागि टेन्ट/त्रिपाल सहयाेग प्रदान गर्नुभएको छ ।
बुधबार गजुरी गाउँपालिका वडा नं. १ उज्यालो गाउँ स्थित छविलाल विक काे घरमा आज दिउँसो आगलागि हुँदा ३ लाख बराबरको धनजनको क्षति भएको हो । पीडितलाई नेपाल रेडक्रस सोसाइटी धादिङका सभापति दुर्लभ कुमार तामाङ, गजुरी गाउँपालिकाकि उपाध्यक्ष शर्मिला विशुराल र वडा नं. १ का वडाध्यक्ष तारानाथ भण्डारीले उद्दारमा सहयोग गरेका हुन् ।

१४ मंसिर २०८०, बिहीबार ०७:४१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस