यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । रुस र युुक्रेनको युुद्धमा इलामका गंगाराज मोक्तानको मृत्यु भएपछि उनको गाउँ शोकमा डुबेको छ ।
रसियामा मृत्यु भएका मोक्तानको परिवारसहित इलाम नगरपालिका– ९ सुकिलुुम्वा गाउँ शोकमा डुवेको हो । साविक इलाम नगरपालिका– ५ सुकिलुम्वामाका ३२ वर्षीय गंगारामका श्रीमती र एक छोरा यतिखेर भावविह्ल भएका छन् ।
चार वर्षअघि रोजगारीको सिलसिलामा दुुबई गएका गंगाराम दुई महिना अघि मात्र रसिया गएका थिए । दुुवई जानुअघि उनी नेपाली सेनामा ५ वर्षसम्म जागिर गर्दै थिए ।
गत कार्तिक २६ मा पछिल्लो पटक श्रीमतीसँग कुरा हुँदा सात दिन युद्धमा गएर आएको र अव केही दिन बिदामा बस्ने जानकारी गराएका थिए । बिदा पछि पुनः युद्धमा नै पठाउछन् होला भन्ने बताएको श्रीमतीको भनाइ छ ।
वडा कार्यालयले पीडामा परेको गंगारामको परिवारलाई सक्दो सहयोग गरिरहेको वडा अध्यक्ष गोपाल चौहानले बताउनुभयो । घटनापछि विक्षिप्त बनेकी श्रीमती यान्जिला शेर्पाले जसरी पनि शव घरसम्मै ल्याउन व्यवस्था गरिदिन माग गरेकी छन् ।