|  

जाजरकोट भूकम्पपीडितलाई अस्थायी आवासको पहिलो किस्ता वितरण सुरू

१५ मंसिर २०८०, शुक्रबार १२:१२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


जाजरकोट । जाजरकोटका भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताबापतको रकम स्थानीय तहमा पठाउन सुरुआत गरिएको छ । जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कोषले बिहीबार शिवालय गाउँपालिकामा पहिलो किस्ता पठाएको हो ।

उनका अनुसार प्रतिलाभग्राही २५ हजारका दरले आठ करोड २७ लाख २५ हजार पठाइएको छ ।

शुक्रबारदेखि अन्य तहबाट पनि लाभग्राही विवरण आउने जनाइएको छ । जिल्लामा ३४ हजार चार सय ९८ घरमा भूकम्पले क्षति पुर्याएको प्रारम्भिक विवरण छ ।

 

१५ मंसिर २०८०, शुक्रबार १२:१२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस