|  

सहकारीसँगको साझेदारीमा प्रदेशले विशेष कृषि पकेट क्षेत्र मार्फत कृषि उपजको उत्पादन गर्नेछ- जम्कट्टेल

१६ मंसिर २०८०, शनिबार ०८:०५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गल्छी/ सहकारी संस्थाहरु सँगको साझेदारीमा बागमती प्रदेशले विशेष कृषि पकेट क्षेत्र मार्फत कृषि उपजको वृहत उत्पादन गर्ने भएको छ ।
बैरेनी सानाकिसान कृषि सहकारीको २२ औं साधारण सभालाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा बागमती प्रदेशका माननिय मुख्यमन्त्री सालिकराम जमरकट्टेलले सानाकिसान कृषि सहकारी संस्थाहरु संगको साझेदारीमा प्रदेशले विशेष कृषि पकेट क्षेत्र मार्फत कृषि उपजको बृहद् उत्पादनको कार्यक्रम सुरु गर्न चाहेको बताउनु भयो ।
धादिङको गल्छी ६ बैरेनीमा रहेको बैरेनी सानाकिसान कृषि सहकारी संस्थाको २२ औं बार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । साधारण सभामा अध्यक्ष बद्रि प्रसाद अधिकारीले सहकारीको बार्षिक प्रगती प्रतिवेदन, संस्थाका प्रवन्धक रामजी खतिवडाको प्रतिवेदन, लेखा समिति संयोजक पशुपति धिताल आन्तरीक लेखा प्रतिवेदन पेश गरिएको छ ।

संस्थाका अध्यक्ष बद्रि प्रसाद अधिारीले पेश गर्नुभएको प्रतिवेदनमा सहकारीको माध्यमद्घारा कृषकहरुलाई ब्यवसायिक बनाउने उद्घेश्यले संस्थाले आफ्ना सदस्यहरुलाई ब्यवसायिक बनाउन बिभिन्न तालिमहरु संचालन गर्ने गरेको, किसानहरुको आर्थिक, तथा सामाजिक बिकास गराउन सरकार, सहकारी तथा निजि क्षेत्रको पहलमा विभिन्न कार्यक्रमहरु संचालग गरिरहेको बताउँदै संस्थाको २२ औं साधारणशभाले दिएको अधिकार , बिनियम, सहकारी ऐन तथा नियमावलि, र समय समयमा सहकारीले जारी गरेको सुचना तथा परिपत्र को साथै सहकारीको मूल्य, मान्यता र सिद्धान्तको अधिनमा रही कतिपय कठिन तथा प्रतिकुल अवस्थाको बाभजुत सदस्यहरुको सेवामा समर्पित रहदै आएको समेत प्रतिवेदनमा उल्लेख गरिएको छ ।

१६ मंसिर २०८०, शनिबार ०८:०५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस