|  

स्कुल बसको ठक्करबाट रुपन्देहीको महुवारीमा दुई जनाको मृत्यु,एक जना घाइते

१६ मंसिर २०८०, शनिबार १२:४० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर–४ महुवारीमा स्कुल बसको ठक्करबाट दुई जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।

सूर्यपूरा–३ सिद्धार्थ बोर्डिंग स्कुलको लु१क १७७८ नम्बरको बसले लु ३७ प ८४८२ मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा रहेका दुई जनाको ज्यान गएको हो ।

ज्यान गुमाउनेमा लुम्बिनी सांस्कृतिक नगरपालिका–४ का २१ वर्षीय मोहम्मद इरसाद र १६ वर्षीया रुक्सना खातुन रहेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

दुर्घटनामा घाइते १७ वर्षीया अप्सना खातुनको भैरहवामा रहेको युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

घटनापछि स्थानीय बासिन्दाले ठक्कर दिने बस जलाएका छन् । उनीहरुले प्रदर्शन पनि गरिरहेका छन् । घटनापछि बस चालक फरार रहेका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

१६ मंसिर २०८०, शनिबार १२:४०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस