|  

१९ करोड २४ लाखभन्दा बढी रकम प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जम्मा

१७ मंसिर २०८०, आईतवार १३:३२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । जाजरकोट भूकम्पपछि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १९ करोड २४ लाख ८९ हजार १०६ रुपैयाँ जम्मा भएको छ ।

गत कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पपछि प्रभावित भएकाहरूको सहयोगका लागि उक्त रकम कोषमा जम्मा भएको हो ।

कात्तिक १८ गतेदेखि मंसिर १५ गतेसम्मको अवधिमा उक्त रकम ८१ जनाभन्दा बढी व्यक्ति तथा संघसंस्थाले कोषमा जम्मा गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

भूकम्पले ठूलो जनधनको क्षति गरेपछि सरकारले पीडितहरूको सहयोगका लागि कोषमा रकम जम्मा गर्न अनुरोध गरेको थियो । त्यसपछि विभिन्न व्यक्ति तथा संघसंस्थाहरूले प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा रकम जम्मा गर्दै आएका छन् ।

१७ मंसिर २०८०, आईतवार १३:३२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस