|  

एञ्जिला र गीता महिला आई–लिग खेल्न भारततर्फ प्रस्थान

१७ मंसिर २०८०, आईतवार १३:४२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । भारतीय महिला आई–लिग खेल्न नेपाली राष्ट्रिय टोलीकी गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बा र रक्षक गीता राना भारततर्फ प्रस्थान गरेका छन् । आई–लिग क्लब सेथु एफसीमा आबद्ध उनीहरू दुवैजना आइतबार त्यसतर्फ गएका हुन् ।

एञ्जिलाले सेथुबाट लगातार दोस्रो संस्करण खेल्न लागेकी हुन् । गत संस्करण सेथु सेमिफाइनलमा किक स्टार्ससँग पराजित भएको थियो ।

गीताले गत संस्करण सेथुसँग सम्झौता गरेको भए पनि चोटका कारण प्रतियोगिता गुमाएकी थिइन् । गत संस्करणमा ६ नेपाली खेलाडीले आई–लिग खेलेका थिए ।

योपटक दुई नेपाली खेलाडीको मात्र टुंगो लागेको छ । तीनपटक आई–लिगको उपाधि जितेकी स्ट्राइकर सावित्रा भण्डारी इजरायलको लिगमा अनुबन्ध भइसकेकी छन् । आई–लिगमा योपटक उनलाई देखिने छैन ।

आई–लिगको पहिलो खेलमा सेथुले यही डिसेम्बर ८ मा साविक विजेता गोकुलम केरेलासँग खेल्नेछ ।

प्रतियोगितामा योपटक सात टोली सहभागी छन् । सेथुसँगै साविक विजेता गोकुलम केरला,किक स्टार्स,उडिसा एफसी,इस्ट बंगाल,होप्स एफसी र स्पोर्ट्स उडिसाले सहभागिता जनाएका छन् । लिग मार्चसम्म चल्नेछ ।

 

१७ मंसिर २०८०, आईतवार १३:४२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस