यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
धादिङको सिद्धलेक गाउँपालिकामा मंसिर २७ गतेबाट राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने भएको छ । पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड मंसिर २७ गतेबाट गर्ने निर्णय भएको हो ।
सिद्धलेक गाउँपालिकाको आयोजनामा हुने विद्यालय स्तरिय राष्ट्रपनि रनिङ शिल्ड प्रतियोगिता मंसिर २७ गतेदेखि ३० गतेसम्म सञ्चालन हुनेछ ।
राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत महिला तथा पुरुष भलिवल, कबड्ड, एथ्लेटिक्सका खेलहरु हुनेछन् । प्रतियोगितामा १८ वर्ष मुनिका कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरुले सहभागिता जनाउन पाउनेछन् ।