|  

आज झापा र काठमाडौं एनएसएलमा भिड्दै

१८ मंसिर २०८०, सोमबार १२:२८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


 

काठमाण्डौं । नेपाल सुपर लिग एनएसएल मा आज झापा एफसी र साविक विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल दशरथ रंगशालमा साँझ ५ बजे सुरु हुनेछ ।

आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले मौसमको अवस्थालाई ध्यानमा राख्दै र विज्ञहरुको सल्लाह अनुसार साँझको खेल आधा घण्टा अघि सार्ने निर्णय गरेको हो । यसअघि साँझ साढे ५ बजे सुरु हुँदै आएको खेल आजदेखि नै ५ बजे सुरु हुनेछ ।

झापा र काठमाडौं दुवै आफ्नो तेस्रो खेल खेल्दैछन् । दुई खेलमा एक जित र एक बराबरी खेलेको काठमाडौं ४ अंकसहित चौथो स्थानमा छ । काठमाडौंलाई आजको खेल जित्दै शीर्ष स्थानको धनगढी एफसीसँग अंक बराबरी गर्ने मौका छ ।

उद्घाटन खेलमै स्पोर्टिङ इलामलाई हराएर विजयी सुरुवात गरेको काठमाडौंले दोस्रो खेलमा एफसी चितवनसँग बराबरी खेलेको थियो ।

 

१८ मंसिर २०८०, सोमबार १२:२८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस