|  

इन्डोनेसियाको मारापी पर्वतमा ज्वालामुखी विस्फोट हुँदा ११ जनाको ज्यान गयो र १२ जना वेपत्ता

१८ मंसिर २०८०, सोमबार १२:४० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं । इन्डोनेसियाको मारापी पर्वतमा ज्वालामुखी विस्फोट हुँदा ११ जनाको मृत्यु भएको छ । १२ जना हराइरहेका छन् ।

ज्वालामुखी विस्फोट हुँदा त्यस क्षेत्रमा ७५ जना पदयात्री रहेको बताइएको छ । सोमबार थप ३ जनाको उद्धार गरिएको छ । त्यसअघि ४९ उद्धार गरिएको थियो । उद्धार गरिएकाहरुमध्ये धेरैजसोको शरीर जलेको छ भने उनीहरु निकै कमजोर अवस्थामा रहेका उद्धारकर्मीहरुले बताएका छन् ।

इन्डोनेशियामा १२७ वटा सक्रिय ज्वालामुखीहरू छन् । तिनैमध्ये २ हजार ८९१ मिटर अग्लो मारापी पर्वतमा आइतवार ज्वालामुखी विष्फोट भएको थियो ।

पदयात्रामा रहेकाहरु त्यही ज्वालामुखीमा परेका थिए । नजिकै अर्को एक सानो ज्वालामुखी पनि विष्फोट भएकाले उद्धारकार्य प्रभावित भएको छ ।

स्थानीयवासीलाई ज्वालामुखी विष्फोट भएको ठाउँभन्दा कम्तीमा तीन किलोमिटर परै रहन निर्देशन जारी गरिएको छ ।

 

१८ मंसिर २०८०, सोमबार १२:४०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस