|  

दुर्गम र भूकम्प प्रभावित क्षेत्रका विद्यार्थीलाई सगरमाथा इन्जिनियरिङ कलेजले २ लाख बढीको छात्रवृत्ति दिने

१८ मंसिर २०८०, सोमबार १३:५७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ । सगरमाथा इन्जिनियरिङ कलेजले भूकम्प प्रभावित क्षेत्रका विद्यार्थीहरूलाई स्नातक तहमा सिभिल इन्जिनियरिङ अध्ययनको लागि २ लाख ११ हजार सम्मको छात्रवृत्ति प्रदान गर्ने भएको छ ।

त्यसैगरी उक्त छात्रवृत्ति सरकारले तोकेको दुर्गम जिल्ला, सरकारी विद्यालयमा अध्ययन गरेका र प्लस टुमा ‘ग्रेड ए’ माथि नतिजा प्राप्त गरेका विद्यार्थीहरूको हकमा पनि छात्रवृत्ति दिने कलेज प्रशासनले बताएको छ ।

दुर्गम र भूकम्पका कारण अफ्ठेरो अवस्थामा रहेका जाजरकोट र रुकुम पश्चिम जिल्लाका विद्यार्थीहरूलाई इन्जिनियरिङ अध्ययनको लागि सहज होस् भन्ने उद्देश्यले उक्त छात्रवृत्ति दिन लागिएको सगरमाथा कलेजका प्रिन्सिपल रमेश श्रेष्ठको भनाइ छ ।

त्यस्तै कलेजमा सञ्चालित सबै सङ्कायमा भर्ना हुने सबै छात्राहरूलाई अतिरिक्त रु ३० हजार बराबरको छात्रवृत्तिको व्यवस्था गरिएको छ ।

 

१८ मंसिर २०८०, सोमबार १३:५७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस