|  

आज २० औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस २०८०

१९ मंसिर २०८०, मंगलवार १३:३२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस यो दिनलाई नेपालमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसका रुपमा मनाउने गरिन्छ । यसवर्ष २० औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस ‘स्वास्थ्य क्षेत्रमा दिगो विकास, महिला सामुदायिक स्वास्थ्य स्वंयसेविकाको संयुक्त प्रयास’ नाराका साथ मनाईंदैछ ।

आजको दिन महिला स्वास्थ्य स्वयंसेविकाको कामको कदर र मनोबल उच्च राख्ने उद्देश्यका साथ विभिन्न कार्यक्रम हुँदैछन् । नेपालमा बालबालिका तथा मातृ मृत्यदर प्रभावकारी रूपमा घट्नुमा स्वास्थ्य स्वयंसेविकाको उल्लेखनीय भूमिका रहेको युनिसेफले जनाएको छ । महिला स्वास्थ्य स्वयंसेविकाको मुख्य काम महिला तथा बालबालिकाको क्षेत्रमा भएपनि कतिपय अवस्थामा स्वयंसेवकका रूपमा खटाउने गरिएको छ ।

१९ मंसिर २०८०, मंगलवार १३:३२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस