|  

गजुरी-५ गलौंदीमा नवौँ धादिङ महोत्सव आयोजना हुदै

२० मंसिर २०८०, बुधबार ०८:४३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी । आगामी माघमा नवौँ धादिङ महोत्सव हुने भएको छ ।

धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, जलश्रोत, पर्यटन तथा उद्योगको पूर्वाधार भन्ने नाराको साथ माघ ११ गतेदेखि २१ गतेसम्म महोत्सव आयोजना हुन लागेको धादिङ उद्योग वाणिज्य संघका महासचिव तिलक तिलक सिम्खडाले बतानुभयो । धादिङ उद्योग वाणिज्य संघको आयोजनामा गजुरी गाउँपालिका वडा नम्बर ५ को गलौंदी स्थित त्रिशूली नदीको किनारमा महोत्सव गर्न लागिएको हो । उद्योग वाणिज्य संघले आइतबार महोत्सवको लोगो सार्वजनिक गर्दै महोत्सवको आयोजना हुन लागेको जानकारी गराएको छ।

गत वर्ष पुष ७ गतेदेखि १७ गतेसम्म आठौँ धादिङ महोत्सव जिल्लाको सदरमुकाम धादिङबेसी खुलामञ्चमा गरिएको थियो । जिल्लाको ऐतिहासिक, सांस्कृतिक , सामाजिक तथा आर्थिक विकासमा योगदान पु¥याउने , जिल्ला भित्र उत्पादित वस्तु तथा सेवाहरूको प्रदर्शनी गरी प्रचार– प्रसार एवं प्रवर्द्धन गर्ने उद्देश्यले विगत देखिनै महोत्सवको आयोजना गर्दै आइरहेको छ ।

यस वर्षको महोत्सवले पनि जिल्लाको भित्रको उत्पादित वस्तुको प्रवर्द्धन सामाजिक तथा आर्थिक विकासमा टेवा पुग्ने आयोजकले विश्वास लिएको छ । संघले पहिलो पाठक २०६४ मा प्रथम धादिङ महोत्सव आयोजना गरि सफलता पूर्वक सम्पन्न गरेको थियो ।

२० मंसिर २०८०, बुधबार ०८:४३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस