|  

प्रदेश ३ को संचार रजिस्ट्रार कार्यालय काठमाडौमा पनि – मन्त्री जम्कट्टेल द्वारा उद्घाटन

१६ श्रावण २०७६, बिहीबार २१:१२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


१६ साउन २०७६, बिहिबार – काठमाडौ
– प्रदेश ३ को सञ्चार रजिष्ट्रारको कार्यालय प्रदेश नम्बर ३ को शाखा कार्यलय काठमाडौको तिनकुनेमा प्रदेश ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय शालिकराम जम्कट्टेलले उद्घाटन गर्नु भयो ।
आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले सञ्चार रजिष्ट्रारको कार्यालयको स्वतन्त्र पत्रकार परिचयपत्र वरिष्ठ पत्रकार युवराज घिमिरेलाई हस्तान्तरण गरेर कार्यक्रमको उदघाटन गरेका थिए ।

सञ्चार रजिष्ट्रारको कार्यालय प्रदेश नम्बर ३ को काठमाडौंमा सूचना तथा प्रसारण शाखाको उद्घाटनका अवसरमा मापदण्ड पुगेका पत्रकारलाई स्वतन्त्र पत्रकार परिचयपत्र वितरण गरिएको हो ।
सञ्चार माध्यम व्यवस्थापन सूचना प्रणाली (सिएमआइएस) वेभ एप्लिकेसन सफट्वेयर मार्फत पत्रकारहरुबाट प्राप्त निवेदनको आधारमा बिहिबारदेखि पानीमा भिज्दा पनि नबिग्रने आधुनिक किसिमको पत्रकार परिचयपत्र वितरण सुरु गरेको छ ।

कार्यालयले कार्यक्रमको अबसरमा पत्रकारहरु राजकुमार रेग्मी, सुरेन्द्र पाण्डे, चिरञ्जीवी ढुंगाना, अरुणदेव जोशी, मनोज दाहाल, मात्रिका पौडेल, गंगा बिसी, अर्जुन खडका, सरस्वती कर्माचार्य, मणि लोहनी, छेटु शेर्पा र दिपा दाहाललाई स्वतन्त्र पत्रकार परिचयपत्र प्रदान गरेको हो ।

१६ श्रावण २०७६, बिहीबार २१:१२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस