|  

गजुरी गाउँपालिकाद्धारा आदर्श माबिका ३० जना जेहेन्दार बिद्यार्थीलाई न्यानो कपडा बितरण

२१ मंसिर २०८०, बिहीबार १५:४२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी । धादिङ गजुरी गाउँपालिकाले आदर्श माध्यमिक बिद्यालयमा अध्ययनरत ३० जना जेहेन्दार बिद्यार्थीहरुको लागी न्यानो कपडा बितरण गरेको छ । निम्न आर्थिक अवस्था भएका २६ जना सीमान्त्कृत चेपाङ छात्रा र अन्य ४ जना छात्र गरी कुल ३० जना विद्यार्थीहरूलाई न्यानो कपडा बितरण गरिएको गजुरी गाउँपालिकाका प्रमुख गणेशलाल श्रेष्ठले जानकारी दिनुभयो ।
बढ्दो चिसो मौसममा विद्यार्थीको सुरक्षा साथै उनीहरूको पढाइमा सहयोग गर्ने उद्देश्यले गजुरी गाउँपालिकाले न्यानो कपडा वितरण गरेको हो ।


पालिकाभित्र रहेका गरिव, असहायका लागी अझै पनि सहयोगी हातहरु खोजेर तथा पालिका स्वयमले पनि राहातका कामहरु अगाडी ल्याउने पालिका उपाध्यक्ष शर्मिला बिसुरालले जानकारी दिनुभयो ।
कार्यक्रममा गाउपालिका अध्यक्ष गणेश लाल श्रेष्ठ, उपाध्यक्ष सर्मिला बिसुराल, वडा नम्बर १ का वडा अध्यक्ष तारानाथ भन्डारी, भक्त बहादुर तामाङ लगायत गाउँपालिकाको टिमले सहयोगको कार्यक्रम सम्पन्न गरेको हो ।

२१ मंसिर २०८०, बिहीबार १५:४२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस