|  

१४ किलो सुनबारे छानबिन गर्न ६ सदस्यीय समिति गठन

२२ मंसिर २०८०, शुक्रबार १३:१७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । भन्सार कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार राति बरामद १४ किलो सुनबारे छानबिन गर्न ६ सदस्यीय समिति गठन गरेको छ।

भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा गठित समितिमा प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृतहरू प्रकाश निरौला, डिल्लुप्रसाद शर्मा र शाखा अधिकृत मञ्जु थापा तथा लोकराज ढुंगाना छन्। बिहीबार राति करिब १४ किलो सुनसहित दुबईबाट आएका गोरखाका चन्द्र घले पक्राउ परेका छन्।

भन्सार कार्यालयले बरामद गरेको सुन सार्वजनिक गरेको छ। विमानस्थल भन्सार प्रमुख डा। टोकराज पाण्डे नेतृत्वको टोलीले मध्यराति विशेष सुराकीको आधारमा खानतलासी गर्दा उक्त परिमाणको सुन बरामद गरेको भन्सार कार्यालयले जनाएको छ। बरामद सुन दुई–दुई किलोका सातवटा बिस्कुट छन्।

 

२२ मंसिर २०८०, शुक्रबार १३:१७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस