|  

माओवादी पार्टी कार्यालय गजुरीमा चौथो पूर्ण बैठक सम्पन्न

२३ मंसिर २०८०, शनिबार १७:५० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी । नेकपा माओवादी केन्द्रले देशव्यापी रूपमा संचालन गरिरहेको तीन महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ धादिङको गजुरी गाउँपालिका वडा नम्बर १ को पार्टी कार्यालयमा सम्पन्न भएको छ । आज एक कार्यक्रमको आयोजना गरि नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र गजुरी का वडा कमिटी अध्यक्ष सूर्य बहादुर तामाङ सभाध्याक्षता र पूर्वराज्य मन्त्री तथा धादिङ जिल्ला अनुगमन समितिका संयोजक दिलिप महर्जनको प्रमुख आतिथ्यतामा गजुरी गाउँपालिका कमिटी धादिङको चौथो पूर्ण बैठक सम्पन्न भएको हो ।

जनतासँग माओवादी विशेष रूपान्तरण अभियान जन(जनमा माओवादी, घर(घरमा माओवादी विशेष रूपान्तरण अभियानमा विशेष अतिथि बागमती प्रदेशका प्रदेश सदस्य तथा यस कार्यक्रम अन्तर्गतका गजुरी गापा संयोजक पित्त बहादुर डर्लाकोटी हरी, विशेष अतिथि बागमती प्रदेश सदस्य तथा गापा अध्यक्ष गणेशलाल श्रेष्ठ, अतिथि बागमती प्रदेश सदस्य दुर्लभ कुमार तामाङ, गापा इन्चार्ज, प्रदेश सदस्य तथा वडा नम्बर १ का वडा अध्यक्ष तारानाथ भण्डारी, गजुरी गापा पार्टी अध्यक्ष सूर्य बहादुर तामाङ, वडा नम्बर ६ का वडा अध्यक्ष भक्त बहादुर तामाङ कर्ण, गजुरी गापा वडा नम्बर ७ का वडा अध्यक्ष तथा गजुरी गापा पार्टी सचिव बद्री प्रसाद जम्कटेल लगायत गापा सदस्य तथा वडा इन्चार्ज वडा सदस्यहरूको उपस्थितिमा माओवादी केन्द्र गजुरी गाउँपालिका कमिटी, धादिङको चौथो पूर्ण बैठक सम्पन्न भएको हो ।

कार्यक्रममा आजको दिनसम्म पनि आर्थिक सामाजिक रुपान्तरण भएको छैन, यसलाई रुपान्तरण गर्न माओवादि पार्टी बलियो भयो भने मात्रै आर्थिक रुपान्तरण हुने बताईएको छ । जातीय,बर्गीय सामाजिक र लैङ्गकि हिसाबले हुने आन्तरिक बिभेदलाई अन्त्य गर्नु नै माओवदि पार्टीको प्रमुख भुमिका रहेको र वडामा पार्टी संगठन सुदृढ एवं विस्तार गर्ने, पार्टी सदस्यहरूलाई परिचालन गर्ने र जनतामा पुग्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा वडा तथा नगरका पार्टीका पदाधिकारी तथा सदस्यहरुको उल्लेखनीय सहभागीमा जोड दिने कुरामा पनि छलफल भएको थियो ।

२३ मंसिर २०८०, शनिबार १७:५०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस