|  

लमजुङमा भोज खाने ३१ जना बिरामी, १ जनाको मृत्यु

२४ मंसिर २०८०, आईतवार १६:५४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । लमजुङको सुन्दर बजार नगरपालकामा क्रिसमसको अवसरमा सामूहिक भोज खाएका ३१ जना विरामी परेका छन् । जसमध्ये एक जनाको मृत्यु भएको छ ।

सुन्दर बजार नगरपालिका वडा नम्बर ९ तल्लो बजार बस्ने ३२ वर्षीया देवी परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रवक्ता इन्स्पेक्टर थानेश्वर चपाईँले जानकारी दिए ।

सुन्दर बजार नगरपालिका वडा नम्बर ८ मा २२ गते रातिसम्मै क्षेत्रबहादुर गुरुङको घरमा क्रिसमसको अवसरमा सामूहिक भोजको आयोजना गरिएको थियोे । भोेज खाएर फर्केकाहरुमा शनिबारदेखि पखला लाग्ने, टाउको दुख्ने, ज्वरो आउने समस्या देखिएको थियो ।

२४ मंसिर २०८०, आईतवार १६:५४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस