|  

कांग्रेस संस्थापनइतर पक्षको बैठक आज बस्दै, के-के छन् एजेण्डाहरु ?

२७ मंसिर २०८०, बुधबार ०९:१६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ । सत्ता साझेदार नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक बस्दै छ । बैठक आज दिउँसो १ बस्ने छ ।

नेता शेखर कोइरालाले आफूसँग परामर्श नगरी मंगलबार बैठक बोलाएको भन्दै महामन्त्री गगन थापा सहभागी नहुने परिस्थिति बनेपछि बैठक आजलाई सारिएको थियो । बैठकमा आगामी २९ गते बस्ने पार्टीको कार्यसम्पादन समिति बैठक, आगामी पुस १६–१९का लागि तय भएको महासमिति बैठक, राष्ट्रियसभा निर्वाचन लगायतका विषयमा छलफल हुनेछ ।

२७ मंसिर २०८०, बुधबार ०९:१६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस