|  

चार प्रकारका औषधि उत्पादन र बिक्रीमा रोक

२७ मंसिर २०८०, बुधबार १२:२२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । रोक लगाइएका औषधिमा एसिक्लोफेनाक, लिनिग्ल्पिटन, लिनिल्प्टिन एन्ड मेटाफर्मिन र रिभारेक्सोवन हुन् । मधुमेह, दुखाई र ब्लड क्लटमा प्रयोग भइरहेका केही औषधिको प्रभावकारिता नभएको भन्दै उत्पादन र बिक्री–वितरणमा रोक लगाइएको छ । औषधि व्यवस्था विभागले सोमबार सूचना जारी गर्दै चार किसिमका औषधि उत्पादन र बिक्री–वितरणमा रोक लगाएको हो ।

विभागमा दर्ता भएका, तर हाल सो औषधिको सुरक्षा, प्रभावकारिता र सहनशीलता सेफ्टी, इफिसियन्सी र टोलेरेबिलिटी०को हकमा प्राप्त विवरणका आधारमा ती औषधिको प्रभावकारिता राम्रो नभएको भन्दै रोक लगाइएको हो ।

रोक लगाइएका औषधिमा एसिक्लोफेनाक, लिनिग्ल्पिटन, लिनिल्प्टिन एन्ड मेटाफर्मिन र रिभारेक्सोवन छन् । एसिक्लोफेनाक ननस्टेरोइड एन्टिइन्फ्लामेन्टरी समूहको औषधि हो । जुन दुखाई र हड्डीमा हुने पोल्ने कम गर्न प्रयोगमा आएको थियो ।

यी औषधिको प्रभावकारितामा समस्या देखिएको भन्दै विभागले औषधि सल्लाहकार समितिबाट सिफारिस प्राप्त नहुँदासम्मका लागि नयाँ उत्पादन नगर्न र बजारमा बिक्री–वितरण भइरहेको ब्रान्डसमेत थप उत्पादन नगर्न भनेको हो ।

२७ मंसिर २०८०, बुधबार १२:२२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस