|  

इजरायलमा मारिएका विद्यार्थीका परिवारलाई सुदूरपश्चिम सरकारको २ लाख सहयोग

२७ मंसिर २०८०, बुधबार १२:४६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ। विद्रोही समूह हमासको आक्रमणमा परी गत असोज २० गते इजरायलमा ज्यान गुमाएका सुदूरपश्चिम विश्वविद्यालय कृषिविज्ञान सङ्कायका विद्यार्थीका परिवारलाई सहयोग हस्तान्तरण गरिएको छ । मङ्गलबार टीकापुर बहुमुखी क्याम्पसमा आयोजित स्मृति सभामा सुदूरपश्चिम प्रदेश सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले प्रतिपरिवार दुई लाख रुपियाँको चेक हस्तान्तरण गर्नुभएको हो ।

यस्तै, विश्वविद्यालयका कर्मचारीहरुबाट सङ्कलित रकम पनि प्रतिपरिवार ५० हजारका दरले हस्तान्तरण गरिएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले इजरायल सरकारले मृतकका परिवारलाई आफ्नै परिवारसरह ठानेर निरन्तर सहयोग पुर्याउने प्रतिबद्धताप्रति धन्यवाद ज्ञापन गर्नुभएको छ । हाम्रो साथमा छौं भन्ने भावना ठूलो हो सरकार छ भन्ने आभाष दिलाउन प्रदेश सरकारले दुई लाख र सङ्घीय सरकारले दश लाख राहत दिने घोषणा गरेको हो, मुख्यमन्त्री शाहले भन्नुभयो, विश्वविद्यालय, सुदूरपश्चिम प्रदेश सरकार र इजरायल सरकारको सहकार्यमा कृषिमा यही ठोस योजना चलाऊ ।

स्मृति सभाका बोल्दै नेपालका लागि इजरायली राजदूत हेनान गोडरले मृतक विद्यार्थीका परिवारले मासिक रुपमा सहयोग पाउने घोषणा गर्नुभयो ।

 

२७ मंसिर २०८०, बुधबार १२:४६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस