|  

रुसी सेनामा भर्ना भएका युवाहरूलाई फिर्ता ल्याउने प्रयास भइरहेको छः प्रधानमन्त्री प्रचण्ड

२७ मंसिर २०८०, बुधबार १५:१५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुसी सेनामा भर्ती भएका नेपाली युवाहरुलाई फर्काउने पहल भइरहेको बताएका छन् । आज बुधबार काठमाडौं विश्वविद्यालयको २९औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले विभिन्न बाध्यताले रुसी सेनामा भर्ती भएका नेपाली युवाहरुलाई सकुशल नेपाल फर्काउनले हरसम्भव प्रयास भइरहेको बताएका हुन् ।

‘अहिले विभिन्न बाध्यताका कारण दुई सयभन्दा बढी नेपाली युवाहरू रुसी सेनामा भर्ना भएको जुन खबर आएको छ । त्यो चिन्ताजनक छ र सरकार तिनलाई सकुशल फिर्ता ल्याउन हरसम्भव प्रयास गरिरहेको छ,’ उनले भने ।

नेपालमा अवसर छैन भन्ने भाष्य निर्माणबाट नेपाली युवाले विदेशमा अनेक हन्डर खाइरहेका उनको भनाई छ । उनले अहिले नेपालमा पनि प्रशस्त शिक्षा र रोजगारीको अवसरहरु रहेको बताए । नेपालमा भएका स्रोत र साधनको प्रयोग गरेर ब्यक्तिगत जीवनलाई मात्रै नभएर देशको हितमा पनि काम गर्न सकिने उनले बताए ।

 

२७ मंसिर २०८०, बुधबार १५:१५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस